Rule 23
अंगभंग भए वा चोटपटक लागे वापत पाउने सुविधा
(१) कुनै बालकलाई प्रतिष्ठानको कामको सिलसिलामा चोटपटक लाग्न गई सेवाबाट अवकाश लिन नपर्ने भए तापनि सो चोट पटकको कारणबाट निजको क्षमता बृद्धिमा बाधा पर्ने भएमा त्यस्तो बालकलाई चोटपटकको अवस्था विचार गरी पन्ध्र हजार रुपैया“सम्म एकमुष्ट आर्थिक सहायता दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको निमित्त बालकको कुनै पनि संचित बिदाबाट कट्टा नहुने गरी पूरा तलब सहितको थप बिरामी बिदा पाउनेछ ।
(३) उपनियम (२) बमोजिम उपचार गराउ“दा लागेको उपचार खर्च त्यस्तो बालकले प्रतिष्ठानबाट पाउनेछ ।
(४) यस नियम बमोजिम उपचार खर्च पाएको कारणले त्यस्तो बालकले पछि बिरामी हुदा नियम १९ बमोजिम पाउने उपचार खर्च पाउनमा कुनै बाधा पुगेको मानिने छैन ।